पर्सा १ मा फोरम नेपालको अग्रता यस्तो छ ताजा परिणाम

Posted on: December 08, 2017 | views: 2365
बीरगञ्ज । पर्साको भर्खरै घोषित मतपरिणाम अनुसार प्रतिनिधी सभा क्षेत्र नम्बर १ मा फोरम राजपा गठबन्धनका उम्मेदवार प्रदीप यादवले ११८६ मत प्राप्त गर्नुभएको छ । उहाका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अनिल रुंगटाले ४ सय ८७ मत प्राप्त गर्नुभएको छ भने तेस्रो स्थानमा बाम गठबन्धनबाट एमालेका उम्मेदवार विचारी यादवले २ सय ९४ मत प्राप्त गर्नुभएको छ । पर्साको चार वटै क्षेत्रको मतगणना जारी रहेपछि प्रारम्भिक मत परिणाम भने क्षेत्र नम्बर १ को मात्र घोषणा गरिएको हो । वीरगंजको श्रीपुर स्थित विद्यापिठ माविमा मतगणना भइरहेको छ । चारवटै निर्वाचन क्षेत्रका प्रतिनिधिहरुको सर्वदलीय बैठकले दिउसो १ बजेबाट मतगणना सुरु गर्ने भनेपनी राजनैतिक दलका प्रतिनिधिहरु उपस्थित नहुदाँ २ः३० बजेबाट मात्रै मतगणना सुरु भएको हो । दिउसो बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना गर्ने भने पनि आधा घण्टा ढिलो मतगणना सुरु भएको हो । जिल्लाका सबै चारै वटा निर्वाचल क्षेत्रको मतपेटिका बेग्लाबेग्लै मतगणना कक्षमा राखेर खोलिएको छ । प्रतिनिधि सभासंगै चार वटै क्षेत्रहरुको पहिलो प्रदेशसभा क्षेत्रको पनि मतपेटिका खोलेर गणना सुरु भएको छ ।प्रत्येक वडाको गिन्ती सकिए लगतै गणना परिणाम सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।