बर्दिवास ।
बर्दिवास नगरपालिका १ मा सोमबार राती भीषण आगलागी भएको छ । बर्दिवास नगरपालिका १ मुख्य चोक स्थित एसपिएस कम्प्युटर ईन्स्टिच्युटमा राती ११ बजे भीषण आगलागी भएको हो ।
आगलागीबाट कम्प्युटर ईन्स्टिच्युट पुर्णरूपमा क्षति भएको छ । स्थानीय एक शिक्षकले ईन्स्टिच्युट भित्रबाट आगो देखेपछि प्रहरी र स्थानीयलाई खबर गरेका थिए । आगलागीबाट ईन्स्टिच्युटमा ३५ लाख मुल्य बराबरको क्षति पुगेको संचालक रबि रन्जनले बताएका छन् ।
ईन्स्टिच्युटमा २० वटा डेस्कटप कम्प्युटर , ५ ल्यापटप लगायत अन्य सामग्री जलेर पुर्णरूपमा नष्ट भएको छ । आगलागी स्थानीयबासी, प्रहरी र सशस्त्र प्रहरीले बर्दिवास नगरपालिकाको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने थाहा हुन सकेको छैन । आगलागी विद्युत सर्ट भएर भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।