सोलुखुम्बुमा दिनदिनै भालुले मान्छेलाई आक्रमण गर्न थालेपछि त्रास बढ्यो

Posted on: November 12, 2017 | views: 207

सोलुखुम्बु ।

सोलुखुम्बुको पछिलो समय एकै सातामा तीन जनालाई भालुले आक्रमण गरेर सख्त घाइते बनाएको छ । 

शनिबार भालुको आक्रमणमा परी सोताङ गाउँपालिका–५ का २८ बर्षिय रामबहादुर नाछिरिङ राई गम्भिर घाइते हुनु भएको छ । उहाँको शरीरका विभिन्न भाग र टाउकोमा गम्भिर चोट लागेको छ । 

प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा सामान्य उपचारपछि राईलाई थप उपचारका लागि हेलिकोप्टर मार्फत् काठमाण्डौँ लगिएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

केही दिनअघि कोशीपारी एकजना विद्यार्थीलाई आक्रमण गरेलगत्तै सोलुदुधकुण्ड नगरपालिकाको गार्मामा अर्को एकजनालाई आक्रमण गरको थियो ।