रुकुमका मतदाता स्वयमसेवकलाई प्रशिक्षण

Posted on: November 10, 2017 | views: 273
रुकुम । आगामी प्रदेश तथा प्रतिनीधि सभा निर्बाचनका लागि रुकुम पश्चिम जिल्लामा मतदाता स्वयमसेवकहरुलाई दिईने प्रशिक्षण शुरु गरिएको छ । आज र भोली गरेर २ दिन प्रशिक्षण दिन लागिएको हो । प्रशिक्षणमा जिल्लाका १ सय ११ जना मतदाता स्वयमसेवकहरु सहभागी रहेका छन । सदरमुकाम मुसिकोट खलंगाको बालमन्दिरमा प्रशिक्षण संचालन भैरहेको छ । प्रत्येक मतदान केन्द्रका लागि १ जना मतदाता स्वयमसेवकहरुलाई प्रशिक्षणमा सहभागी गराईएको जिल्ला निर्बाचन अधिकारी कमलमणी देवकोटाले जानकारी दिए । उनका अनुसार उनीहरुलाई आईतबार देखि नै गाउँगाउँमा खटाईने छ । जिल्लामा ८४ हजार ३० जना मतदाता रहेका छन । जसमा ४२ हजार ५० महिला, ४१ हजार ९ सय ७९ पुरुष र १ जना तेस्रो लिंगी रहेका छन । ७६ वटा मतदान स्थल रहेको जिल्लामा १ सय ११ वटा मतदान केन्द्र छन । कुनै पनि राजनीतिक आस्था संग नजिक नरहेर सत्य र निश्पक्ष तरिकाले मत मदर नहुने किसमले गाउँगाउँका जनताहरुलाई मतदान गर्ने तरिका सिकाउन रुकुम प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले स्वयमसेवकहरुलाई निर्देशन दिए ।