गाँजा फडानीका लागि बिशेष अभियान

Posted on: November 05, 2017 | views: 283
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले जिल्लाको राक्सिराङ गाउँपालिकामा १ हजार ८५ कठ्ठा गाँजा फँडानी गरेको छ । प्रहरी टोलीले कात्तिक १७ र १८ गते राक्सिराङ गाउँपालिकाको वडा नम्बर १, ४, ५, ६, ८ र ९ का विभिन्न क्षेत्रमा लगाईएको अबैध गाँजा खेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।साथै कात्तिक १३ गतेदेखि हालसम्म जम्मा अन्दाजी ३ हजार ४ सय ७९ कठ्ठा गाँजा फँडानी गरिएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकास राज खनालले जानकारी दिनुभयो ।