राप्ती क्षेत्रकै प्रसिद्ध डिग्रे मेला जारी

Posted on: November 03, 2017 | views: 290
रुकुम । राप्ती क्षेत्रकै प्रसिद्ध धार्मिक स्थल रुकुमको मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको डिग्रे शाईकुमारी मन्दिर परिसरमा लाग्ने डिग्रेमेला जारी रहेको छ । हरेक बर्ष हरिवोधनी एकादशी देखी कार्तिक शुक्लपुर्णिमा सम्म लाग्ने डिग्रे मेलामा सयौको संख्यामा बोकाको बली समेत दिईने गरेको छ । मेला अबधीमा विहान सबेरै देखि साँझ अबेर सम्म पनि मन्दिरमा पुजाआजा गर्ने भक्तजनहरुको भिड लाग्ने गरेको छ । मेलामा सुर्खेत, जाजरकोट, रोल्पा, सल्यान दाङ, बर्दिया जिल्ला लगायत रुकुम जिल्लाका विभिन्न ठाउँबाट आएर झण्डै एक लाख बढी भक्तजनहरुले मन्दिरमा पुजापाठ तथा दर्शन भेट गर्ने मेला ब्यबस्थापन समितिले बताएको छ । डिग्रे शाइकुमारीको मन्दिरमा पुजा पाठ गर्नाले मनले चिताएको पुग्ने जनविश्वास रही आएको छ ।