भेरी नदिमा एक जना वेपत्ता

Posted on: November 03, 2017 | views: 319
सुर्खेत । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिकाका एक जना भेरी नदिमा डुवेर वेपत्ता भएका छन् । सुर्खेतको तारकुलाबाट पसलको सामान ल्याएर फर्किनेक्रममा बन्गाड कुपिण्डे नगरपालिका वडा न २ भर्सिलका ४७ वर्षिय देव बहादुर राना नदिमा डुवेर वेपत्ता भएका हुन् । बिहिबार साझँ साढे ६ बजेतिर कल्यान भन्ने स्थानबाट भेरी नदि तर्नेक्रममा नदिमा डुवेर वेपत्ता भएको छोरा गोविन्द रानाले जानकारी दिनु भयो । वेपत्ता रानाको खोजी कार्य भई रहेको इलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ । रानाको खोजीका लागि प्रहरी र स्थानीयबासी भेरी नदिमा जुटेका छन् ।