कटुवा पेस्तोल देखाएर धम्क्याउँदै पैसा असल्न लागेको अवस्थामा बरामद

Posted on: October 29, 2017 | views: 164
कैलाली । कैलारी गाउँपालिका–४ स्थित शंकर होटलबाट प्रहरीले १ थान कटुवा पेस्तोल बरामद गरेको छ । उक्त होटलका संचालक धनश्याम दमाईलाई शनिबार राति भजनी नगरपालिका बस्ने पुरहित बि.क.भन्ने व्यक्तिले हतियार देखाई धाक धम्की दिइरहेको अबस्थामा स्थानीय ब्यक्तिहरुले देखी निजलाई हतियार सहित नियन्त्रणमा लिन खोज्दा हतियार फालेर भागेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हसैलियाबाट खटिएको प्रहरी टोलीले उक्त कटुवा पेस्तोल बरामद गरेको हो । फरार व्यक्तिको प्रहरीले खोजतलास गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।