बाँकेमा बस र मोटरसाइकल ठोक्किंदा एकजनाको मृत्यु, एक गम्भिर

Posted on: October 29, 2017 | views: 207
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका २ रिमझिम चोकमा मिनीबस र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यू भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गएराति भे १ ख ७९८ नम्बरको मिनीबस र भे ५ प १५११ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालक खजुरा गाउँपालिका २ का दुर्गासिंह विक रहेको प्रहरीले जनाएको छ । उहाँको उपचारका क्रममा मेडिकल कलेज नेपालगन्जमा मृत्यू भएको थियो । गम्भीर घाइते हुनेमा सोही ठाउँका मोटरसाइकलमा सवार सुरेन्द्र राना क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक विर बहादुर थापाले जानकारी दिनुभयो । क्षेत्रीको मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ ।