राससको भवन शिलान्यास गर्दै प्रधानमन्त्रीले भने-'संविधान कार्यान्वयन गर्न निर्वाचन महत्वपूर्ण'

Posted on: October 26, 2017 | views: 182

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सघाउ पु¥याउन सबै पक्षसँग आग्रह गर्नुभएको छ ।


राष्ट्रिय समाचार समितिको नयाँ बनाउन थालिएको भवनको शिलान्यास गर्ने क्रममा आज प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो ।


वर्तमान संविधान कार्यान्वयन गर्न निर्वाचन महत्वपूर्ण भएको उहाँले बताउनुभयो ।

लोकतन्त्रको विकास र गणतन्त्रलाई संस्थागत गर्न निर्वाचनले ठूलो सघाउ पु¥याउने पनि उहाँले बताउनु भयो ।


प्रधानमन्त्री देउवाले समाचार संप्रेशण र सुचना प्रवाहमा राष्ट्रिय समाचार समितिको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो ।


कार्यक्रममा सुचना तथा संचार राज्यमन्त्री तप्तबहादुर बिष्टले निश्पक्ष र विश्वसनिय समाचार उत्पादनमा राष्ट्रिय समाचार समितिको जिम्मेवारी गहन रहेको बताउनुभयो ।