मकवानपुरमा विद्युत सट भई आगलागीबाट क्षति

Posted on: October 22, 2017 | views: 251
मकवानपुर । मकवानपुर जिल्लाको बकैया गाउँपालिकाको वडा नम्बर ३ को एक घरमा आगलागी भएको छ । सो गाउँपालिकाको वडा न ३ का मंगलसिंह भोलनको घरमा आगलागी भएको हो । शनिबार साँझ बिद्युत सट भइ आगो लागेको स्थानीयहरुले जनाएका छन् । आगलागीबाट आफ्नो घरको सबै लत्ताकपडा,अन्नपात जलेर नष्ट भएको पीडित भोलनले बताउनुभयो । आगो प्रहरी र स्थानीयहरुको सहयोगमा करिब एक घण्टापछि नियन्त्रणमा आएको वडा अध्यक्ष दिल बहादुर बम्जनले जानकारी दिनुभयो ।