सप्तरी ।
गत असोज २९ गते सप्तरीको कञ्चनरुप नगरपालिकाबाट अपहरणमा परेका भारतीय कपडा व्यापारी अमित शारदालाई सप्तरी प्रहरीले शुक्रबार राति अपहरणकारीको कब्जाबाट सकुशल मुक्त गराएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका १२ सितापुरबाट व्यापारी शारदालाई अपहरणकारीको कब्जाबाट सकुशल मुक्त गराइएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जानकारी दिनु भयो ।
व्यापारी शारदालाई अपहरणमुक्त गराउने क्रममा प्रहरीले संल्गन २ जनालाई २ थान नलकटुवा पेस्तोल सहित नियन्त्रणमा लिएका छ ।
संलग्न अन्यको खोजी भइरहेकाले नियन्त्रणमा लिइएकाहरुको नाम अहिले गोप्य राखिएको छ
व्यापारी शारदाको अपहरण फिरौती असुलीकै लागि गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी सिंहले जानकारी दिनु भयो ।