हिन्दू राष्ट्र माग्दै राप्रपाको प्रदर्शन

Posted on: October 10, 2017 | views: 6785

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दू राष्ट्र कायम गर्न जनमत संग्रहको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । 


रत्नपार्कबाट शुरु भएको प्रदर्शन नगरका विभिन्न भागको परिक्रमा गरी वसन्तपुर पुगेर कोणसभामा परिणत भएको थियो । 

पार्टी अध्यक्ष कमल थापाले बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको मुलुकमा धर्म निरपेक्ष कायम गर्न नहुने बताउनुभयो ।