चीन सरकारको यो दशै उपहार, जुन अमुल्य छ..

Posted on: September 21, 2017 | views: 13491

काठमाडौं । चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदैछ । दुई देशका उच्चस्तरीय वार्ता टोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता हुने भएको हो ।

त्यसका लागि १३ सदस्यीय चिनियाँ टोली काठमाडौं आइसकेको छ भने १७ सदस्यीय नेपाली टोलीको अन्तिम टुंगो लागेको छ ।


नेपाललाई चीनमा बनेका पूर्वाधार प्रयोग गर्न दिन चिनियाँ उच्च नेतृत्व सकारात्मक रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । विशेषगरी चिनियाँ राजमार्ग प्रयोग गरेर नेपालको हिमाली जिल्लामा पनि सामान ढुवानी गर्न दिनेबारे चीनले उच्च प्राथमिकता दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले बताए