हाकिमलाई कालो मोसो लगाउने पक्राउ

Posted on: September 16, 2017 | views: 277
नवलपरासी । नवलपरासीको मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्रराज घिमिरेलाई कालोमासो लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।  नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नेकपाका जिल्ला सचिवालय सचिव चित्तलसिंह राना र जिल्ला सदस्य प्रेम ढकाल रहेको प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यले जानकारी दिए ।

मालपोत कार्यालय कावासोतीका प्रमुख घिमिरेले जग्गाको मूल्यांकन घटाए राजश्व संकलनमा असर पारेको तथा सेवाग्राहीबाट घुस लिने गरेको आरोप लगाउँदै नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गत बुधबार कालोमोसो दलिदिएका थिए ।