पानी लिन गएकी एक महिलाको मृत्यु, एक जना घाइते

Posted on: September 15, 2017 | views: 347

 दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका ३ मालिकार्जुनका २० वर्षीया लक्ष्मी धामीको पानी लिन गरृको समयमा ढुंगा लागेर आज घट्नास्थलमै ज्यान गएको छ । पानी भर्न न्वाला खोलामा गएको बेला ढुंगा आएर धामीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

उनीसँगै पानी भर्न गएका सोही ठाउँका १८ वर्षीया दीपा धामी गम्भीर घाइते भएका छन् । घाइतेलाइ उपचारको लागि जिल्ला अस्पताल ल्याइएको गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिनुभयो । मालिकार्जुन गाउँपालिकामा पछिल्लो समय बाढि पहिरोका कारण खानेपानी अभाव भएपछि स्थानीयहरु खोलाको पानी खान बाध्य छन् ।

खोलामा पानी लिन गएको बेला ढुंगा खसेर धामीको टाउँमा लागेको हो ।  घट्नास्थलमा प्रहरी चौकी मालिकार्जुनको टोली खटिएर घाइतेको उद्धार गरेका छन् ।