प्रहरीद्वारा दशैँ तिहार सुरक्षा योजना सार्वजनिक

Posted on: September 15, 2017 | views: 309

भक्तपुर ।  महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ, तिहारमा हुने चोरी, डकैती तथा आपराधिक घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरले विहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सुरक्षा योजना सार्वजनिक गर्दै प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण राणाले दशैँ, तिहार र छठ पर्वमा कुनै पनि आपराधिक घटना घट्न नदिन प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको बताए ।

प्रहरीका वृत्त प्रभाग तथा इकाइबाट घरदैलो तथा सचेतनामूलक पर्चा वितरण तथा माइकिङ शुरु गरेको जानकारी दिँदै उनले सामुदायिक प्रहरीलाई घरदैलोमै पठाएर सुरक्षित हुनेबारे जानकारी गराउने बताए । 

चाडपर्वलाई लक्षित गरी आपराधिक क्रियाकलापमा संलग्न रहेका, पटके तथा शंकास्पद व्यक्तिलाई पनि प्रहरीले उच्च निगरानीमा राख्ने भएको छ ।