देउवा सरकारको मन्त्रिमन्डल ५० सदस्यीय पुग्यो, १५ राज्यमन्त्री थपिए ।

Posted on: August 22, 2017 | views: 489
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिमन्डल विस्तार गरेका छन् । उनले मंगलबार आफ्नो पार्टी नेपाली कांग्रेसबाट १२ र नेपाल लोकतान्त्रिक फोरमबाट तीनजना राज्यमन्त्री थप गरेका हुन् । मन्त्रिमन्डल थपिएका राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले मंगलबारै पद तथा गोपनीयताको शपथग्रहणसमेत गराएका छन् । मंगलबार थपिएका राज्यमन्त्रीहरुमा कांग्रेसको तर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदयशमशेर राणा, नरबहादुर चन्द, तप्तबहादुर विष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, चम्पादेवी खड्का, दिलमान पाख्र्रिन, सरिता प्रसाइँ, अमरसिंह पुन र तेजुलाल चौधरी रहेका छन् । यस्तै, नेपाल लोकतान्त्रिक फोरमबाट राज्यमन्त्री हुनेहरुमा जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदा लामा छन् । गत आइतबारमात्रै मन्त्रिमन्डलमा माओवादी केन्द्रका ८ जना राज्यमन्त्री थपिएका थिए । राज्यमन्त्रीहरुसमेत गर्दा देउवा मन्त्रिमन्डलको संख्या ५० सदस्यीय पुगेको छ ।