पत्रकार महासंघमा आचार्यको समूह विजयी, सदस्यमा मिश्रित परिणाम (विवरण सहित)

Posted on: August 22, 2017 | views: 617
काठमाडौं ।

नेपाल पत्रकार महासंघमा २५ औं महाधिवेशनबाट गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी भएको छ ।

प्रदेश तथा खुल्ला केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपालसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई १ सय ५ मत अन्तरले पराजित गरे ।




प्रदेशबाट निर्वाचितहरु


प्रदेश नम्बर १

सटेन्द्र जबेगु (प्रेस चौतारी)

उद्धव तिमिल्सिना (प्रेस युनियन)


प्रदेश नम्बर २

देवराम यादव (प्रेस सेन्टर)

शैलेन्द्र झा (प्रेस युनियन)


प्रदेश नम्बर ३

द्वारिका काफ्ले (प्रेस चौतारी)

कृष्ण गिरी (प्रेस चौतारी)


प्रदेश नम्बर ४

रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)

नवीन कुइँकेल (प्रेस सेन्टर)




प्रदेश नम्बर ५

बसन्त गिरी (प्रेस सेन्टर)

पुरुषोत्तम सुवेदी (प्रेस युनियन)


प्रदेश नम्बर ६

कलेन्द्र सेजवाल (प्रेस युनियन)

पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)


प्रदेश नम्बर ७

मीन बम (प्रेस युनियन)

उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को ४५–४५ बराबर मत ।


काठमाडौं उपत्यका

लेखनाथ न्यौपाने (प्रेस सेन्टर)

गोबिन्द चौलागाईं (प्रेस चौतारी)


प्रतिष्ठान तर्फ


टिकाराम प्रधान (प्रेस सेन्टर)

यम बिरही (प्रेस युनियन)