बाढीबाट विस्थापितको बस्तीमा चोरी

Posted on: August 16, 2017 | views: 391
रौतहट । बाढीबाट विस्थापित रौतहटको देवाही गोनाही गाविस–८ को दोहारटोलमा चोरी हुन थालेको छ । बाढीबाट विस्थापित यो बस्तीका १ सय ४० घरधुरीका परिबार अझै घर फर्कन सकेका छैन । उनीहरु वडा नम्बर २ स्थित बजारटोलमा आश्रय लिएर बसेपछि उनीहरुका घरमा चोरी हुने क्रम बढेको हो । विस्थापित भएकाहरुले आफ्नो घरमा भएको अन्न, कपडालगायतका सामान चोरी भएको गुनासो गरेका छन् । विस्थापितहरुले चोरी भएका गुनासो गरिरहे पनि प्रहरी प्रशासन अझै त्यहाँ पुग्न सकेको छैन ।