बाढी पीडित सडकमा रात काट्दै, कोही भिजेका नोट सुकाउँदै...

Posted on: August 14, 2017 | views: 1281

काठमाडौं । सडक किनारमा त्रिपाल मुनि दिन काटिरहेका विराटनगरका बाढीपीडितहरुको बिचल्ली भएको छ । बृद्धवृद्धा, बालबालिका, गर्भवती र बिरामीहरुको अवस्था दयनीय छ । उनीहरु सरकारबाट राहत कुरिरहेका छन् ।

तर पर्याप्त राहत नपाएको उनीहरुको गुनासो छ । कतिपय बासिन्दा पानीले भिजेका आफ्ना सामान सुकाइरहेका देखिन्छन् । विराटनगर ४ जमुनागाछीको किराना पसल सञ्चालक सुरेन्द्र यादव भिजेका नोटहरु सुकाइरहेको भेटिए ।


पसल पानीमा डुबेपछि ४० हजार नगद भिजेको र आज घाम लागेकाले सुकाउन थालेको उनले बताए । यसैबीच कांग्रेस नेता शेखर कोइरालाले सोमबार पीडितलाई भेटेर कपडा, चाउचाउ लगायतका सामग्री वितरण गरेका छन् । मोरङमा बाढीमा परेर मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ ।