९ स्थानीय तह थपिँदै : अब स्थानीय तहको संख्या कति ?

Posted on: August 12, 2017 | views: 506

काठमाण्डौ ।  संघीय मामिला  तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर २ मा ९ वटा स्थनीय तह थप्ने गृहकार्य अघि बढाएको छ ।

यो संख्या थपिएपछि देशभरबा स्थानीय तहको संख्या सात सय ४४ बाटा बढेर सात सय ५३ हुने छ ।

अब १० वटा स्थानीय तह थपिनेछन् । भने पर्साको एउटा गाउँपालिकालाई वीरगञ्ज महानगरपालिकामा गाभिनेछ ।  प्रदेश नम्बर २ मा हाल ७८ गाउँपालिका र ४९ नगरपालिका रहेकोमा संख्या रसिमाना हेरफेरसँगै ५९ गाउँपालिका र एक महानगरसहित ७७ नगारपालिका हुनेछ ।

सप्तरीमा बलान बिहुल गाउँपालिका थपिएको छ ।