कैलाली जिसस एमाले र फोरम लोकतान्त्रिकको कब्जा

Posted on: August 11, 2017 | views: 313

काठमाडौं । कैलाली जिल्ला समन्वय समितिमा एमाले र फोरम लोकतान्त्रिकको संयुक्त प्यानल निर्विरोध चयन भएको छ ।  शुक्रबार भएको जिल्ला समन्वय समितिको पदाधिकारीका लागि उम्मेदवारी आह्वान गरेको थियो । नौ सदस्यीय कार्यसमितिमा एमाले र फोरम लोकतान्त्रिकको संयुक्त प्यानलले मात्रै उम्मेदवारी दिएपछि निर्विरोध निर्वाचित भएका हुन् ।


समन्वय समितिको प्रमुखमा सुर्यबहादुर थापा, उपप्रमुखमा सुन्दरीदेबी थारू, सदस्यहरु, ललित साउद, टेकबहादुर बुढा, देबी भण्डारी, मालती सार्की, बिष्णु चौधरी(फोरम लोतान्त्रीक), मिना चौधरी, (फोरम लोतान्त्रीक) र राजकुमारी महतो (फोरम लोतान्त्रीक) रहेका छन् । समन्वय समितिमा प्रमुख र उपप्रमुख सहित ४ सदस्य एमालेका हुन् भने फोरम लोकतान्त्रीकका एक खुला सदस्य र दुई महिला सदस्य रहेका छन् ।

 

कैलालीमा १३ स्थानीय तह मध्य ७ मा एमाले, ३ मा माओवादी, २ मा कांग्रेस र एक तहमा फोरम लोकतान्त्रीकले जितेको थियो । एमालेले फोरम लोकतान्त्रिकलाई एक खुला र दुई महिला सदस्य दिएर साझेदारीमा ल्याएको थियो ।