लामो छलफलपछि श्रम विधेयक संसदबाट पारित

Posted on: August 11, 2017 | views: 391

काठमाडौं । लामो छलफलपछि श्रम विधेयक संसदबाट पारित भएको छ । व्यवस्थापिका–संसदको शुक्रबार बसेको बैठकले विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । अब कुनैपनि क्षेत्रका श्रमिकलाई सरकारले तोकेकोभन्दा कम तलब दिन पाइने छैन ।

यस्तै, बिमा, कल्याणकारी कोषको पनि व्यवस्था गर्नुपर्ने हुन्छ । मालिक र मजदुरबीच हुने मनमुटाव पनि यसले अन्त्य गरिदिने विश्वास सांसदहरुले व्यक्त गरेका छन् ।


मजदुर संघ–संगठनका प्रतिनिधि, उद्योगी, व्यवसायीहरुसँगको परामर्शपछि विधेयक बनाइएकाले यो पूर्णरुपमा कार्यान्वयनमा जाने श्रममन्त्री फरमुल्ला मन्सुरले विश्वास व्यक्त गरे । नयाँ ऐनअनुसार श्रमसम्बन्धी परामर्श सरकारलाई दिन सल्लाहकार समूहसमेत गठन गर्ने व्यवस्था गरिएको छ ।