भूकम्पले भत्काएको बसन्तपुर पूर्ननिर्माण चीनका प्रथम उपप्रधानमन्त्रीले शुभारम्भ गर्ने

Posted on: August 11, 2017 | views: 299

काठमाडौं ।


नेपालको गौरवका रुपमा रहेको वसन्तपुर दरबारको पुननर्मिाणको शुरुआत साउन ३१ गतेबाट हुने भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।


चीन सरकारको नौ करोड ५० लाख युयान अर्थात करिब एक अर्ब ५२ लाख रुपैयाँमा वसन्तपुरमा रहेको नौतले दरबार पुननिर्माण हुने भएको हो ।


चीन सरकारले महत्वका साथ हेरेको वसन्तपुर दरबारको पुननिर्माणको सुरुवात चीनका प्रथम उपप्रधानमन्त्री वाङ याङले शुभारम्भ गर्ने बताइएको छ ।


२०७२ साल बैशाख १२ गतेको भूकम्पले ध्वस्त भएको नौतले दरबार र त्यससँगै रहेको कीर्तिपुर, भक्तपुर र काठमाडौंटावर पुननिर्माण गर्ने सम्झौता भएको करिब एक बर्षपछि सो दरबार पुनननिर्माण हुन लागेको हो ।