भारतीय विदेशमन्त्री स्वराजले प्रधानमन्त्री देउवालाई भेटेर के भनिन्

Posted on: August 10, 2017 | views: 542

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन् । बहुक्षेत्रीय प्राबिधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागी हुन काठमाडौं आएकी विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी हुन् ।

भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका साथै प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणबारे पनि छलफल भएको बताइएको छ ।बिमस्टेक बैठकमा सहभागी हुने स्वराज बिहीबार मध्यान्ह मात्र काठमाडौं आइपुगेकी थिइन् ।

बिमस्टेक बैठकको साँझ सुरू भएको छ । विमस्टेक बैठकमा व्यापार तथा लगानी, प्रतिआतंकवाद, गरिबी निवारण, यातायात, पर्यटन लगायतका विषयमा छलफल हुने बताइएको छ ।