अमेरिकाले दियो नेपाललाई यस्तो कडा चेतावनी

Posted on: August 07, 2017 | views: 14957

काठमाण्डौ ।  स्थानीय तह निर्वाचनमा अनुगमन गर्ने अनुमति नपाएकोमा आक्रोशित अमेरिकी दूतावासले आर्थिक सहायता रोक्ने चेतावनीपूर्ण ‘नोट’ दिएको खुलेको छ । सरकार र निर्वाचन आयोगको नीतिलाई अमेरिकी दूतावासले अपारदर्शी र खेदजनक भनेको छ ।

‘अहिले जुन उदाहरण तयार पार्न खोजिएको छ त्यसबाट नेपाल सरकारको अपारदर्शी र खेदजनक नियत छ भन्ने सोच्न दूतावास बाध्य छ । र, यस्तो नियतले नेपाललाई सहयोग गर्ने हाम्रो क्षमतामा नकारात्मक प्रभाव पार्नेछ,’ दूतावासको नोटमा भनिएको छ ।