डा.भट्टराईको मूत्रथैलीको शल्यक्रिया सफल

Posted on: August 05, 2017 | views: 231

भक्तपुर । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको शुक्रबार मूत्रथैलीको सफल शल्यक्रिया गरिएको छ ।

गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा अपराह्न भर्ना भएका पूर्वप्रधानमन्त्री डा भट्टराईको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले जानकारी दिए ।

डा बर्माले भने, “पूर्वप्रधानमन्त्री भट्टराईले विगत डेढ वर्षदेखि मेरो निगरानीमा औषधि सेवन गरिरहनुभएको थियो, रोग निदानपछि आज शल्यक्रिया गरिएको हो