प्रधानमन्त्रीको चीन भ्रमण सफल र फलदायी-ज्ञवाली

Posted on: May 02, 2016 | views: 172

नेपालगञ्ज चैत्र १२ ,

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफल र फलदायी भएको बताउनु भएको छ । आज नेपालगन्जमा प्रेस चौतारी बा“केले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव ज्ञवालीले चीनस“ग भएको पारवहन, यातायात सम्झौताले भारतमाथिको अत्यधिक निर्भरतालाई कम गर्दै नेपाललाई सार्बभौम राष्ट्रको हैसियतले सबै विकल्पहरु खुल्ला गरेर अगाडि बढ्ने ढोका खोलेको बताउनु भएको हो ।। सचिव ज्ञवालीले अब सरकार आर्थिक समृद्धिलाई केन्द्रबिन्दुमा राखेर छोटो समय मै तिव्र आर्थिक विकासद्वारा मूलुकको कृयाकलाप गर्ने कुरामा केन्द्रित भएर लाग्ने उल्लेख गर्नुभयो ।

संबिधान कार्यान्वयन चुनौतिको बिषय भएकोले संविधान जारी गर्दाका प्रमुख दलहरु फेरी एकजुट हुनुपर्ने उहा“को कथन थियो । उहा“ले नया“ संविधान कार्यान्यवनको लागि नेपाली का“ग्रेस र मधेशी दलहरु पनि सरकारमा आउनुपर्ने बताउनु भयो । मधेशी जनताका अधिकांश अधिकारहरु नया“ संविधानमा समेटिएको सचिव ज्ञवालीले बताउनुभयो ।

मधेशी दलहरुले आन्दोलन गर्नुको कुनै तुक नरहेको भन्दै उहा“ले आन्दोलनले मधेशका जनताले नै दुख पाइरहेको जिकिर गर्नुभयो ।