एमाले बैतडी : पार्टीलाई अन्र्तघात गर्ने १७ जना निष्काशित ,को को परे नामवाली सहीत ?

Posted on: July 18, 2017 | views: 293

विनोद सिंह विष्ट, बैतडी । साउन नेकपा एमाले बैतडीले स्थानिय तहको निर्वाचनमा  जिम्मेवारी पदमा बसेर पार्टीलाई अन्तरघात गर्ने १७ जनालाई साधारण सदस्य समेत नरहने गरी निष्काशनको कारबाही गरेको छ। 

सोमवार राती सम्पन्न नेकपा एमाले जिल्ला कमिटी बैतडीको १९ औ पुर्ण बैठकले जिल्ला कमिटि सदस्य नरेन्द्र भट्ट  ,प्रकाश सावद,जानकी भाट ,भगिरथ कुवँर,राजेश्वरी कँुवर,कृष्ण सावद,प्रदिप बोहरा सुबोध,दल बहादुर ऐर,नागी धानुक,तस्बिर बोहरालाई साधारण सदस्यता समेत नरहने गरी कार्वाही गरेको जिल्ला सचिव लिलाधर भट्टले जानकारी दिनुभयो । यस्तै पुर्व अञ्चल सल्लाह सल्लाहकार सदस्य नर वहादुर विष्ट,पुर्व जिल्ला उप सचिव मोहन बराल ,जिल्ला सल्लाहकार शंकरसिह भाट ,पार्टी स्कुल बिभाग सदस्य लोकराज भट्ट ,अखिल नेपाल महिला संघका  जिल्ला कोषाध्यक्ष चन्द्रकला सावद,जिल्ला सदस्य उत्तरा अवस्थी र शिक्षक संगठन सहसचिव गणेश बोहरालार्ई समेत कार्वाही गरिएको उहाँले बताउनुभयो ।   

बैठकले निर्वाचनको समीक्षा गर्दै जिम्मेवारीमा बसेर पार्टीलाइ अन्तरघात गर्नेहरुलाइ पार्टीको साधारण सदस्यता समेत नरहने गरी कार्वाही गर्ने र सो भन्दा तल्ल सम्म पनि पार्टी बिरुद्ध काम गर्ने नेता कार्यकर्ताको छानबिन गर्न प्रत्येक पालिका प्रमुखको अध्यक्षता बैठक बसालेर वार्ड स्तरबाट निर्णय गरि श्रावण १५ भित्र जिल्लामा पठाउने निर्णय समेत गरेको छ ।

यसैविच बैठकले गोरख बहादुर चन्द पंञ्चेश्वर र कर्ण बहादुर कँुवर पुरचौडीलाई जिल्ला कमिटिमा मनोनयन गरेको छ । स्थानियतह निर्वाचनमा नेकपा एमालेलाइ मतदान गर्ने मतदातालाइ धन्यवादका  साथै निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी ,सुरक्षा निकाय र पत्रकारहरुलाइ पनि धन्यवाद दिने निर्णय गरेको जनाएको छ ।  

नेकपा एमाले जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष सुरेन्द्र पालको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख अतिथि केन्द्रीय सदस्य एवम बैतडी इन्चार्ज पुरन  सिंह दयाल ,प्रदेश कमिटि सदस्य दामोदर भण्डारी , परमानन्द भट्ट, माया भट्ट,पुर्व जिल्ला कमिटि अध्यक्ष नरेन्द्र बिष्ट ,महादेव भट्ट ,नरेश वि क लगायत नेताहरुको उपस्थिति थियो । बैठक सञ्चालन जिल्ला सचिव लिलाधर भट्टले गर्नुभएको थियो ।