काठमाडौं ।
पुरानै संरचनामा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराएर हजार बढी सांसद बनाउने खेलमा लागेका प्रधानमन्त्री शेरबहादुर देउवा प्रस्तावको सुरुवातमा सर्वत्र बिरोध भएपछि यसको निर्णय आयोग बनाएर गर्न तयार देखिएका छन् ।
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुको बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोग गठनको तयारी शुरु गरेको बताएका छन् ।
काँग्रेसका तर्फबाट कार्यदलको संयोजक रहेका विमलेन्द्र निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालसँग उनकै निवासमा भेटेर मन्त्रिपरिषद् विस्तार, निर्वाचन क्षेत्र निर्धारण आयोग गठनलगायत विषयमा छलफल गरेका छन् ।
देउवाका तर्फवाट दुतबनेर दाहाललाई भेट्न गएका निधि र दाहालबिचको छलफलमा एक दुई दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे कुरा भएको बताइएको छ ।
दुवै दलबीच मन्त्रालय बाँडफाँटका विषयमा सैद्धान्तिक सहमति भए पनि संख्या र विभागको टुंगो लगाउने जिम्मा भने दुवै दलका कार्यदललाई दिइएको निधिले बताए ।
काँग्रेस कार्यदलमा निधि र न्यायाधिश नियुक्ती सिफारिसमा विवादीत नेता रमेश लेखक तथा माओवादी केन्द्रका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादु्र महरा र नेता वर्षमान पुन रहेका छन् ।
निधिका अनुसार आउँदो बिहीबार मन्त्रिपरिषद्को बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने बारेमा निर्णय गर्नेछ ।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सो आयोग गठन गरी त्यसको प्रतिवेदनको आवश्यकताका बारे सरकारलाई झकझकाइसकेको छ।
पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि थाइल्याण्ड गएर आइतबार फर्केका हुन् ।
काँग्रेस र माओवादी केन्द्रले २० मन्त्रालयले लिने र बाँकी अन्य साना दललाई दिने दुवै दलबीच सहमति भइसकेपनि देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको एक महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।