२५ जिल्लामा २८ लाख गरिब , सुविधा दिने विषय अझै अन्योलमा

Posted on: July 15, 2017 | views: 340

काठमाडौं । पच्चिस जिल्लामा २७ लाख ८८ हजार सात सय ४४ लारिबको बसोबास छ ।  गरिबी निवारण मन्त्रालय अन्तर्गतको गरिब घरपरिवार सहयोग समन्वय बोर्डले पहिलो चरणमा गरिब घरको पहिचान गर्ने क्रममा यो तथ्यांक बाहिर आएको हो ।

बोर्डले २५ जिल्लका ६८ लाख २९ हजार दुई सय ३१ जनसंख्यामा अनुसन्धान गरेको थियो । गरिब जनसंख्याको पहिचान गरिए पनि कहिलेदेखि परिचपत्र वितरण गर्ने भन्ने अझै अन्योल छ । परिचयपत्र प्राप्त गरेपछि पनि गरिबले पाउने सेवासुविधाबारे केही निर्णय हुन सकेको छैन ।

मन्त्रालयका सहसचिव सुरेश प्रधानले गरिबी निवारणसँग सम्बन्धित सबै परियोजनालार्य एकीकृत रुपमा सञ्चालन गर्ने भनिए पनि कुनै प्रगति नभएको बताए ।