बालुवाटारमा देउवा र दाहाललाई एमालेको जवाफ-'अहिले संविधान संशोधन आवश्यक छैन'

Posted on: July 11, 2017 | views: 109

काठमाडौं ।

पुष्पकमल दाहाल सरकारले व्यवस्थापिका–संसदमा पेश गरेको विवादास्पद संविधान संशोधन विधेयक पास गराउन सहयोग माग्दै सत्ता घटक काँग्रेस र एमाओवादीलेले एमालेसँग छलफल गरेको छ ।


प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु बीच प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा छलफल भएको हो ।


बालुवाटारमा बसेको बैठकमा संशोधन विधेयकबारे छलफल भएको थियो । छलफलमा सत्तारुढ दलका नेताहरुले संसदमा दर्ता संशोधन विधेयकलाई प्रक्रियामा लगेर टुङ्गाएर चुनावमा जानुपर्ने आवश्यकतामा जोड दिँदै विधेयक पास गर्न सघाउन एमाले नेताहरुसँग अनुरोध गरेका थिए ।


जवाफमा प्रमूख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले यथास्थितिमा विवादास्पद संविधान संशोधन विधेयक पास हुन नसक्ने भन्दै संशोधन आवश्यक नरहेको धारणा राखेका छन् ।


बैठकमा संविधान संशोधन विधेयक, निर्वाचन क्षेत्र निर्धारण आयोग र तेस्रो चरणको स्थानीय तहको निर्वाचनबारे छलफल भएको माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ले जानकारी दिए ।


बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, बिमलेन्द्र निधि, एमाले नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुवास नेम्वाङ, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सहभागी थिए ।


नेपालको अगिंकृत नागरिकता लिएका भारतीयलाई नेपालीसरह अधिकारी, भारतको हिन्दी भाषालाई नेपालको कामकाजी भाषा बनाउनुपर्ने, जनसंख्याकै आधारमा मात्र निर्वाचन क्षेत्र हुनुपर्ने स्थानिय निकायमा दिइएका केही अधिकार कटौति गर्नुपर्ने जस्ता विवादास्पद माग पुरा गर्न भन्दै सत्ताघटक दलहरुले यस्तो माग राखेको राष्टिय जनता पार्टीसँग सहमती गरेका छन् । जुन मागको देशभर बिरोध भइरहेको छ ।