ओलीको गृहनगर झापाको दमकमा कांग्रेस-माओवादी पत्तासाफ, वडा सदस्य समेत जित्न असफल

Posted on: July 07, 2017 | views: 408

झापा ।एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बढारिएको छ । १० वटा वडा रहेको सो नगरपालिकामा कांग्रेस माओवादी एउटा वडा सदस्य समेत जित्न नसबी पत्तासाफ भएको हो ।


अन्तिम परिणाम अनुसार १० मध्ये ९ वटा वडामा एमाले उम्मेदवार विजयी हुनुभएको छ । भने वडा नंं १ मा अध्यक्षबाहेक सबै पदमा एमाले उम्मेदवार निर्वाचित हुनुभयो । काँग्रेस र माओवादीले भने दमकमा १ जना वडा सदस्य सम्म पनि जित्न सकेनन ।


दमक नगरपालिकामा मेयरमा एमाले उम्मेद्वार रोमनाथ ओली १० हजार ८०६ मतसहित विजयी हुनुभएको छ उहाँका निमटमत प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७६५५ र नेकपा माओवादी केन्द्रका गगन पुरीले ६८९८ मत प्राप्त गर्नु भएको छ । त्यस्तै काँग्रेसका ढुण्डीराज पोखरेलले ५५३९ मत ल्याउनु भएको छ ।


उपमेयरमा पनि एमालेकै गीता अधिकारी १२ हजार ६२५ मत ल्याए विजयी हुनुभएको हो । उपमेयरमा काँग्रेसकी रेगिना भट्टराईले ८९१२ मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा राप्रपाकी रिता बस्नेतले ४४९८ मत र नेकपा माओवादी केन्द्रकी शान्ति धिमालले ४३७४ मत प्राप्त गर्नुभएको छ ।