तुलसीपुर उपमहानगरपालिकामा २३ बर्षपछि पनी घनश्याम पाण्डे बिजयी (यस्तो छ उनको राजनीति)

Posted on: July 06, 2017 | views: 252

तुलसीपुर ।

तुलसीपुर उप महानगरपालिकाको नगर प्रमुखमा एमालेका युवा नेता घनश्याम पाण्डे विजयी हुनुभएको छ । पाण्डेले ३ हजार ९ सय ५४ मतको फराकिलो अन्तरले कांग्रेसका गेहेन्द्र गिरीलाई पछि पार्दै नगर प्रमुखमा विजयी हुनु भएको हो ।


पाण्डेलाई २२ हजार ८ सय ५७ मत प्राप्त हुँदा उहाँका प्रतिद्धन्दी  काँग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत ल्याउनु भएको थियो । २३ बर्षको कलिलो उमेरमा तत्कालीन तुलसीपुर नगरपालिकाको उपमेयर बन्नु भएका पाण्डेलाई २० बर्ष पछि पुनः तुलसीपुर उप महानगरपालिकाको बागडोर समहाने जनधीकार प्राप्त भएको छ । 


त्यसैगरी उप प्रमुखमा एमालेका माया आचार्य विजयी हुनुभएको छ । उहाँले ८ सय ५२  मतको अन्तरले कांग्रेसकी देविका नेपालीलाई पछि पार्दै जित हात पार्नु भएको हो । उहाको २१ हजार ३७ मत आउदा नेपालीको २० हजार १ सय ८५ मत आएको थियो । यसै विच एमालेले आज तुलसीपुरमा विजय जुलुस मनाउने तयारी गरेको छ । 


नगर प्रमुख र उप प्रमुखको संक्षिप्त परिचय 

तुलसीपुर उप महानगरापालिका ११ अश्वारामा २०३० साल भदौ ८ गते शुक्रबार बुबा टेक बहादुर पाण्डे र आमा अमृता पाण्डेको कोखबाट कान्छा छोराका रुपमा  जन्मीनुभएका घनश्याम पाण्डे राजनीतिक  तथा विभिन्न सामाजिक संघसंस्थामा कृयाशील व्यक्ति हुनुहुन्छ । उहाँ जन्मिनु अघि दुइ दाजुको जन्म भएपनि गरिबी अभाव र चेतनाका कारण समयमै उपचार हुन नपाउँदा अकालमा मृत्यु भयो । उहाँका एक बहिनी, श्रीमती,  दुइ छोरा र एक बुहारी छन् । उहाँलाई अहिले पनि घरमा बुबा अमाले कान्छा भनेर बोलाउने गर्नुहुन्छ । 


२०४६ सालमा पश्चिम दाङको जनता माध्यामिक विद्यालय हंसपुरबाट  एस. एल.सी परीक्षमा सहभागी भएका ३२ जना विद्यार्थी मध्य पहिलो पटक प्रथम श्रेणीमा उतिर्ण हुने पाण्डे पहिलो विद्यार्थी हुनुहुन्छ ।      


ग्रामिन विकासमा एम ए , एल एल वि र  विएसी सम्मको अध्यन गर्नुभएका पाण्डे अनेरा स्ववियुको प्रारम्भिक कमिटी देखि गाउँ वडाको विभिन्न जिम्मेवारी हुदै नेकपा एमाले दाङ जिल्ला कमिटी सदस्यको भूमिकामा बसेर काम गरि सक्नु भएको छ ।


हाल नेकपा एमालेको भातृ संगठन सहकारी तथा गरिबी निबारण विभागको केन्द्रिय सदस्य समेत रहनु भएका पाण्डे एमालेको तर्फबाट २०५४ सालमा तत्कालीन तुलसीपुर नगरपालिकामा २३ बर्षको कलिलो उमेर नगर उप प्रमुखमा निर्वाचित भएर जनप्रतिनिधिको रुपमा समेत काम गरि सक्नु भएको छ । 


प्रतिद्धन्द्धी भन्दा अत्याधिक मत लिएर विजयी हुने पाण्डे नेपालकै कान्छा उपमेयरका रुपमा चिनिनु हुन्छ । 


राजनीतिमा प्रवेश गर्नु अघि सल्यानको जिवन ज्योति माध्यामिक विद्यालय रिम, तुलसीपुर उप महानगरापालिका ११ जसपुरमा रहेको चन्द्रदोय बोडिङ स्कुल, र दाङ भ्याली स्कुलमा ३ बर्ष सम्म अध्यापन गराउनु भएका पाण्डे पछिल्लो २ दशक देखि नेपालको सामुदायिक वनको तेतृत्व देखि विश्व वन महासंघ संजालको  संयोजक हुदै सहकारीका माधयमबाट जनताको काममा सहभागी हुदै आउनु भएको छ । 


यसैगरी २०२० साल माघ ६ गते  घोराहीको रझेनामा जन्मिनु भएकी मायाआचार्य  २०४६ साल देखिनै एमालेको भातृ संगठन  अखिल नेपाल उरहरी गाउँ कमिटीमा  संगठीत हुनु भएको हो ।


अखिल नेपाल उरहरी गाउँ कमिटी सचिवको जिम्मेवारीका साथ राजनितिक यात्रा सुरु गर्नुभएकी आचार्यले अखिल नेपाल क्षेत्रिय सदस्य, जिल्ला सदस्य हुदै हाल एमाले जिल्ला कमिटी दाङका सल्लाहकार हुनुहुन्छ । २०३५ सालमा राजनीतिकर्मी स्वर्गीय श्रीमनी आचार्य संग भारतको अयोध्यामा विहे गर्नु भएकी आचार्यले एस एलसी सम्मको अध्यन पुरा गर्नु भएको छ । एमाले नेता श्रीमनी आचार्य भूमिगत भएकै कारण  नेपालमा विहे हुँदा तत्कालीन पञ्चायती प्रशासनले पक्राउ गर्ने डरले भारतको अयोध्यामा श्रीमनी र मायाँ लगन गाँठोमा बाँधीएका थिए । 


विहेको चाँजोपाँजो कम्युनिष्ट पार्टीका धरोहर स्वर्गीय नेत्रलाल अभागीले मिलाई दिनु भएको थियो । १५ बर्षको उमेर विहे भएर घरमा आए देखिनै उनले स्वर्गीय पति श्रीमनीका भूमिगत साथीहरु शोभाराम बस्नेत, छविलाल भण्डारी, गोपाल शाक्यलाई घरको मथिल्लो तलामा लुकाएर भात खुहाउँथिन भने काँगे्रस विचार धाराका ससुराका साथीलाई भूँइमा खाना खुहाउथिन् ।


२०५० कार्तिक १७ गते तत्कालीन मध्यावधी निर्वाचनमा विजौरीमा भएको गोली काण्डमा छातीमा छर्रा लागेर घाइते बनेका आर्चाको आर्थिक अभावमा उपचार समयमै हुन नसक्दा क्यान्सर भएर  २०६४ पुस ३ गते निधन भएपछि मायाँ राजनीतिक रुपमा बाहिर हिड्न थाल्नु भएको हो ।

नाम               ः घनश्याम पाण्डे

ठेगाना            ः तुुलसीपुुर उपमहानगर पालिका वार्ड न ८ अश्वारा

सम्पर्क न          ः ९८५१००२११० र ९८५७८२३८८५

जन्म मिती        ः २०३०/०५/०८

पारिवारिक विवरण  ः वुुवा, आमा, श्रीमती, दुुइ छोरा र वुहारी

शैक्षिक योग्यता     ः एम ए,  एल एल वि, वि एस सी


२०४३ देखी २०४६ 

अनेरास्ववियुुको मा वि भ्युुडहर सुुनपुुर र मा वि हसपुुर प्राकको अध्यक्ष र सदस्यमा कार्यरत


२०४६ देखी २०४७

अनेरास्ववियुु दाङ्ग जिल्ला कमिटीको सदस्य


२०४७ माघ

पार्टी सदस्यता प्राप्त


२०४८ देखी २०५२

अनेस्वरावियुु त्रिभुुवन वहुुमुखी क्याम्पस पाल्पामा प्राकको सदस्य हुदै प्राकको अध्यक्ष, पार्टि सदस्यता पाल्पामा स्थानन्तरण गरेको


२०५२ देखी २०५३

त्रिभुुवन वहुुमुखी क्याम्पस पाल्पामा स्ववियुु उपसभापती


२०५३

पार्टी सदस्यता स्थानन्तरण गरेको विभिन्न कमिटीमा काम गरेको


२०५४ देखी २०५८ सम्म

तुलसीपुुर नगरपालिमा उपमेयर भएर कार्य सम्पादन गरेको


२०५८ देखी २०६६ 

सामुुदायिक वन उपभोक्ता महासघ, नेपालको केन्द्रिय सदस्य देखी अध्यक्षको रुपमा कार्य सम्पादन गरेको


२०६२/२०६३

जनआन्दोलनमा केन्द्रिय तहमा नेतृत्व गर्दै १ महिना प्रहरी हिरासतमा वसेको


२०६२

नेकपा एमाले दाङ्ग जिल्ला कमिटीको सदस्य


२०५९ देखी  २०६४ सम्म

पार्टीको सामुुदायिक वन  केन्द्रिय फ्रयाकसनको सदस्य हुुदै सचिव सम्मको जिम्मेवारी वहन गर्दै आठौ महाधिवेषणमा भाग लिएको


२०६३ देखी हाल सम्म

अखिल नेपाल किसान महासघको राष्ट्रिय कार्यसमितीको सदस्य


२०६४ देखी २०७०

पार्टीको प्राकृतिक स्रोत विभागको केन्द्रिय सदस्य 


२०७०

पार्टीको नवौ महाधिवेषणमा प्रतिनिधी भएर भाग लिएको 


२०७० देखी हालसम्म

अखिल नेपाल किसान महासघद्धारा नया कृषि अभियान कृषि सहकारीको उपाध्यक्ष र सदस्य भएर काम गरेको


२०७२ देखी हालसम्म

पार्टीको केन्द्रिय सहकारी तथा गरिवी निवारण विभागको केन्द्रिय सदस्य


विशेष अनुुभव           ः ग्रामिण विकास, सामुुदायिक वन, जनलवायुु परिवर्तन, उद्यमशिलता विकास, समाजिक परिचालन, नतिजामुुखी योजना तर्जुमा, अनुुगमण, सामुुदायिक सचार, नितीगत पैरवीमा  दक्षता, सगठन निर्माण र परिचालन, अन्तराष्टिय समन्वय र सम्पर्क, वैक तथा वित्तिय विकास, सहकारी तथा गरिवी निवारण, व्यावसायी कृर्षी तथा वजारीकरण, राजनितीक परिचालन,

भाषा                     ः नेपाली, अग्रेजी, थारु