झापा गौरादह नगरपालिकामा काँग्रेस बिजयी

Posted on: July 05, 2017 | views: 175

झापा ।

झापाको गौरादह नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रोहितकुमार साह विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसनर  उहाले १० हजार ३ सय ८ मत प्राप्त गरी विजयी बन्नु भएको हो । उहाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मदन अधिकारीले ९ हजार ८ सय ५४ मत प्राप्त गर्नुभएको थियो । 

त्यस्तै गौरादह नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी गीता भेटवाल १० हजार ६ सय २० मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाका निकटतम प्रतिस्पर्धी कांग्रेसकी सुमित्रा खरेलले ७ हजार ९ सय ११ मत प्राप्त गर्नुभएको थियो ।

............

गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा राप्रपाका बाबुराजा श्रेष्ठ विजयी हुनुभएको छ । उहाले ३ हजार ७ सय ४० मत प्राप्त गरी विजयी बन्नु भएको हो । उहाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी फूलवती राजवंशीले ३ हजार ४ सय ५३ मत प्राप्त गर्नुभएको थियो । 

त्यस्तै गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्षमा नेपाली कांग्रेसका दीपेन्द्र थापा ३ हजार ४ सय १४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाका निकटतम प्रतिस्पर्धी एमालेकी मोनिका राईले २ हजार ८ सय ७० मत प्राप्त गर्नुभएको थियो ।

............

वाणगंगा नगरपालिकामा मेयरमा कांग्रेस माओबादी गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा नेपाली काग्रेसका मंगल प्रसाद थारुले १५ हजार ७ सय ३८ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले ४ सय ६० को मत अन्तरले एमालेका प्रत्याशि विमला घिमिरलेलाई पछि पार्नुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकि उम्मेदवार विमला घिमिरेले १५ हजार २ सय ७८ मत ल्याउनुभएको छ ।

उपमेयरका नेकपा एमालेका चक्र अर्यालले १५ हजार ८ सय ९३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी गठबन्धन माओवादी केन्द्रका टोपनारायण वेल्वासेले १२ हजार २ सय ६८ मत ल्याउनुभएको थियो । 

..............

कपिलवस्तु नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका किरण सिंहले ९ हजार २ सय ५४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी राजपाका स्वतन्त्र उम्मेदवार राम दास गुप्ताले ५ हजार ६ सय ३१ मत ल्याउनु भएको छ । उपमेयरमा नेपाली काग्रेसकै लक्ष्मी कशौधनले ४ हजार ७ सय १७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी राजपाकै स्वतन्त्र उम्मेदवार बासुदेव कशौधनले ४ हजार ७ सय १७ मत ल्याउनुभएको छ ।