डोटीको शिखर नगरपालिकामा नेपाली काँग्रेस विजयी

Posted on: July 03, 2017 | views: 180

डोटी ।

डोटीको शिखर नगरपालिकामा नेपाली काँग्रेसका सीताराम जोशीले ५ हजार ४४८ मत ल्याउँदै विजयी हुनुभएको छ । 


उहाँका निकटतम प्रतिस्पर्धी शेर बहादुर मल्लले ४ हजार ४७७ मत प्राप्त गर्नुभयो । 


उपमेयरमा काँग्रेसकी धौलादेवी रावलले ५ हजार ३९३ मत ल्याएर विजयी हुनुभयो ।