कुन स्थानीय तहमा कसले जिते ?

Posted on: June 30, 2017 | views: 511

दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना चलिरहँदा शुक्रबार अपरान्ह सम्म ३२ स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमालेले अग्रता लिएको छ ।

एमालेले एक नगरपालिकासहित १५ स्थानीय तह जितेको छ भने कांग्रेसले २ नगरपालिकासहित ११ तहमा जित हासिल गरेको छ । त्यस्तै, माओवादीले ५ स्थानीय तहमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चाले प्यूठानको १ स्थानीय तहमा जितको खाता खोलेको छ ।

अग्रताको हिसाबले एमाले र कांग्रेसबीच प्रतिस्पर्धा राम्रोसँगै देखिएको छ । अहिलेसम्म सबैभन्दा धेरै ७ नम्बर प्रदेशको परिणाम आएको छ । ७ नम्बर प्रदेशका १७ स्थानीय तहको परिणाम आउँदा एमालेले ९  र कांग्रेसले ८ तह जितेका छन् ।

त्यस्तै, प्रदेश नम्बर ५ मा अहिलेसम्म ६ वटा स्थानीय तहकाे परिणाम अाएकाे छ । जसमध्ये गुल्मीको गुल्मी दरबार गाउँपालिकामा कांग्रेसले जितेको छ भने रूकुमकाे पुथा उत्तरगंगा गाउँपालिका र भुमे गाउँपालिका तथा दाङको  बंगलाचुली गाउँपालिकामा माअोवादी केन्द्र विजयी भएकाे छ । नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिकामा एमालेले र प्यूठानको मल्लरानी गाउँपालिकामा राजमोले जितेकाे छ ।

प्रदेश नम्बर १ बाट ६ स्थानीय तहको परिणाम सार्वजनिक हुँदा एमालेले ४ र माओवादीले २ स्थानमा जितेका छन् ।

एमालेले जितेका स्थानीय तह

१. अमरगढी नगरपालिका, डडेल्धुरा
२. मस्टा गाउँपालिका, बझाङ
३. थलारा गाउँपालिका, बझाङ
४. बित्थडचिर गाउँपालिका, बझाङ
५. गौमुल गाउँपालिका, बाजुरा
६. पाण्डवगुफा गाउँपालिका, बाजुरा
७. पञ्चेश्वर गाउँपालिका, बैतडी
८. जन्तेढुंगा गाउँपालिका, खोटाङ
९. रामप्रसाद राई गाउँपालिका, भोजपुर
१०. मैवाखोला गाउँपालिका, ताप्लेजुङ
११. लेकम गाउँपालिका, दार्चुला
१२. त्रिवेणी सुस्ता गाउँपालिका, नवलपरासी
१३. दुर्गाथली गाउँपालिका, बझाङ
१४. ताप्ली गाउँपालिका, उदयपुर
१५. खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा

कांग्रेसले जितेका स्थानीय तह

१. महाकाली नगरपालिका, दार्चुला
२. बडिमालिका नगरपालिका, बाजुरा
३. छेडेदह गाउँपालिका, बाजुरा
४. काँडा गाउँपालिका, बझाङ
५. चिचिला गाउँपालिका, संखुवासभा
६. सिलिचोङ गाउँपालिका, संखुवासभा
७. गुल्मी दरबार गाउँपालिका, गुल्मी
८. अालिताल गाउँपालिका, डडेल्धुरा
९. भागेश्वर गाउँपालिका, डडेल्धुरा
१०. गन्यापदुरा गाउँपालिका, डडेल्धुरा
११. केअार्इसिंह गाउँपालिका, डोटी

माओवादीले जितेका स्थानीय तह

१. लिखु पिके गाउँपालिका, सोलुखुम्बु
२. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु
३. पुथा उत्तरगंगा गाउँपालिका, रूकुम
४. बंगलाचुली गाउँपालिका, दाङ
५. भूमे गाउँपालिका, रूकुम

राष्ट्रिय जनमाेर्चाले जितेको स्थानीय तह

१. मल्लरानी गाउँपालिका, प्यूठान