प्यूठान ।
प्यूठान जिल्लाको १७ वडाको अन्तिम मतगणना परिणाम प्राप्त भएको छ ।
मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा (एमाले) ७, राष्ट्रिय जनमोर्चा ४, नेकपा (माओवादी केन्द्र) ४ र नेपाली कांग्रेस २ वटा वडामा विजयी भएको छ ।
सरुमारानी गाउँपालिका वडा नं. २ को वडाअध्यक्षमा नेकपा (एमाले) का बसन्त जि.सी., सरुमारानी ६ को वडा अध्यक्षमा तुलबहादुर रोका, मल्लरानी गाउँपालिका ५ मा रामबहादुर थापा, झिम्रुक गाउँपालिका १ को वडाअध्यक्षमा ध्रुवराज खनाल विजयी हुनुभएको छ ।
यस्तै माण्डवी गाउँपालिका वडा नं. ५ को वडा अध्यक्षमा दुर्गाबहादुर आचार्य, नौवहिनी गाउँपालिका १ को वडा अध्यक्षमा नेकपा (एमाले) कै शेरबहादुर सेन, गौमुखी गाउँपालिका वडा नं. ६ को वडा अध्यक्षमा लालबहादुर खत्री विजयी हुनुभएको छ ।
यस्तै मल्लरानी गाउँपालिका १ को वडा अध्यक्षमा राष्ट्रिय जनमोर्चाका चिन्तबहादुर राहुँ मगर, मल्लरानी गाउँपालिकाकै वडा नं. २ को वडा अध्यक्षमा लेखबहादुर थापा विजयी हुनुभएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाकै ऐरावती गाउँपालिका २ मा केशव आचार्य र स्वर्गद्धारी नगरपालिका २ को वडा अध्यक्षमा मिनराज राना विजयी हुनुभएको छ ।
स्वर्गद्धारी नगरपालिका १ को वडाअध्यक्षमा नेकपा (माओवादी केन्द्र) का मेघराज घर्ती विजयी हुनुभएको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) कै माण्डवी गाउँपालिका १ मा चिन्तबहादुर के.सी., ऐरावती गाउँपालिका १ मा पदम थापा र झिम्रुक गाउँपालिका ८ मा तुलश बस्नेत विजयी हुनुभएको छ ।
सरुमारानी गाउँपालिका १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्दराज शर्मा र गौमुखी गाउँपालिका ७ को वडा अध्यक्षमा पनि नेपाली कांग्रेसकै श्यामलाल पुरी विजयी हुनुभएको छ ।