खोटाङको जन्तेढुंगा गाउँपालिकामा एमालेको प्रमुख र उपप्रमुख विजयी

Posted on: June 30, 2017 | views: 243

खोटाङ ।

खोटाङमा एमालेले गाउँपालिकामा पहिलो खाता खोलेको छ । एमालेले जन्तेढुंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेद्वार विजयी भएका छन् ।

शुक्रबार बिहान साँढे ८ बजे सम्पन्न मत परिणाम अनुशार एमालेका गाउँप्रमुखका उम्मेद्वार शंकरबहादुर राई र उपप्रमुखमा बिमला राई विजयी भएका हुन् ।

जन्तेढुंगामा एमालेले प्रमुख, उपप्रमुख, ४ वडाध्यक्ष र १७ सदस्यसहित २३ पदमा जित हाँसिल गरेको छ । एमालेका शंकरबहादुरले २१५३ र बिमलाले २०८६ मत ल्याएर प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् ।

निकटतम प्रतिद्धन्द्धी कांग्रेसका प्रमुखका उम्मेद्वार खेमबहादुर खड्काले १५६२ र उपप्रमुख अनिता राईले १४६६ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

निर्वाचनमा माओबादी केन्द्रकी प्रमुख अरुणा राईले ११४७ र उपप्रमुख बीरबल किरातीले १२४७ मत पाएका छन् ।

जन्तेढुंगा गाउँपालिकामा कांग्रेसले १ वडाध्यक्ष सहित ७ पद र माओबादी केन्द्रले १ वडाध्यक्ष सहित २ पदमा जीत हाँसिल गरेको छ ।