कांग्रेसलाई अन्तर्घातको यस्तो डर

Posted on: June 24, 2017 | views: 69

काठमाडौं । पहिलो चरणको निर्वाचनमा अनपेक्षित हार बेहोरेको नेपाली कांग्रेसलाई दोस्रो चरणको निर्वाचनमा हार बेहोर्नुपर्ने  डर छ ।

पहिलो चरणको निर्वाचनमा कांग्रेसले १ सय ४ तहमा मात्र प्रमुख पदमा विजगी हासिल गरेको थियो । दोस्रो चरणमा हुने ३५ जिल्लाको ३ सय ३४ तहमा हुने निर्वाचनबाट पहिलो पार्टी हुने दावी गरिरहेको कांग्रेसले अन्तर्घात हुने डरका कारण निगरानी बढाएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

अन्तर्घात हुने अनुमान गर्दै पार्टीले प्रस्तुत गरेको आधिकारीक उम्मेदवारविरुद्ध बागी उम्मेदवार भई चुनाव लडेमा बागी उम्मेदवारको प्रस्तावक समर्थक फिर्ता भएमा पार्टी सदस्यता नरहने व्यवस्था गरेको छ ।