एउटै पदमा एमालेका दुई उम्मेदवार : को हुन्छ आधिकारिक ?

Posted on: June 20, 2017 | views: 186

बर्दिया । बर्दियाको राजापुर नगरपालिका ४ को अध्यक्षमा एमालेबाट दुई जनाले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् ।

एमाले केन्द्रीय समितिले कमला सहानी र विकास जिसीलाई अध्यक्ष पदमा उम्मेदवारीको पत्र दिएपछि दुवैले उम्मेदवारी दर्ता गराएका हुन् ।

पार्टीको पत्र वा दुवैको सहमति हुन नसके पहिले दर्ता गर्नेको कायम गरी दास्रोको बदर हुने राजापुर नगरपालिकाका निर्वाचन अधिकृत गन्जबहादुर एमसीले जानकारी दिए ।