राष्ट्रपति र उपराष्ट्रपतिको सुविधा कति ?

Posted on: June 20, 2017 | views: 265

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित भएसंगै राष्ट्रपति र उपराष्ट्रपतिका लागि सरकारले मासिक खर्च करिब २ लाख ६३ हजार रुपियाँ बेहोर्ने भएको छ । 

राष्ट्रपतिका लागि १ लाख ५२ हजार ५ सय ३४ रुपियाँ र उपराष्ट्रपतिका लागि १ लाख ९ हजार ६ सय १६  रुपियाँ मासिक खर्च हुने विधेयकमा उल्लेख छ ।