फोरम र नयाँ शक्तिबीच असमझदारी

Posted on: June 19, 2017 | views: 265

नेपालगन्ज  उम्मेदवारी दर्तामा आफ्नै चुनाव चिन्ह गुम्ने स्थिति आएपछि संघीय समाजवादी फोरमका उम्मेदवार तनावमा छन् ।

देशभर एउटै चुनाव चिन्ह मसाल लिएर चुनावी मैदानमा उत्रिएका फोरम र नयाँ शक्तिबीच असमझदारी हुँदा बाँकेमा समसया आएको हो । 

फोरमले नेपालगन्ज उपमहागरपालिका मेयरमा कमरुद्धिन राइलाई उम्मेदवार बनाएको थियो ।

तर उनीभन्दा पहिल्यै नयाँ शक्ति पार्टीकी जगतकुमारी खड्काले मेयर र ममता बानियाले उपमेयरमा उम्मेदवारी दर्ता गराएपछि फोरमका नेता, कार्यकर्ता दिनभर तनावमा रहे, यो खबर आजको कान्तिपुरमा छ ।