काठमाडौं ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले सरकारले गरेको राजपालाई सन्तुष्ट बनाउन २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन सार्ने तथा दोश्रो चरणको निर्वाचनका लागि उमेदवारहरुको मनोनयन दर्ता दुई दिन पर धकेल्ने निर्णयको विरोध गरेको छ ।
अध्यक्ष वैद्यले विज्ञप्ति जारी गरी यस प्रकारको घटनाले जनतामा आक्रोश पैदा गर्ने बताउनुभयो ।