१ नम्बर प्रदेशका उम्मेदवार एमालेले टुंग्यायो

Posted on: June 16, 2017 | views: 260

काठमाडौं । दोस्रोचरणको स्थानिय तहको निर्वाचनको मिति नजिकिदै गर्दा राजनैतिक दलहरुले उम्मेवारहरु टुंगो लगाउदै गईरहेको बेला नेकपा एमालेले १ नम्बर प्रदेशका प्रायः सबै उम्मेवारहरुको टुंगो लगाएको छ ।

स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि पार्टीले प्रदेश नम्बर १ अन्तर्गतका १४ जिल्लाका स्थानीय तहमा उम्मेदवाको टुंगो लगाएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

गाउँपालिका तथा नगरपालिकाहरुको उम्मदेवारी १ नम्बर प्रदेश कमिटीले टुंग्याएको हो । त्यसैगरी उपमहानगर र महानगरपालिकाको उम्मदेवारी स्थायी कमिटीबाट निर्णय भएअनुसार तय भएको एमाले सचिव भट्टराईले बताए ।

विवादले मोरङका केही स्थानीय तहमा उम्मेवार टुंगेन्न्

बिराटनगर उपमहानगरपालिकाको उपमेयरमा भने एमालेले उम्मदेवार तय गरेको छैन । अन्य दलसँग तालमेलका लागि मेयरमा मात्रै उम्मदेवार घोषणा गरिएको एमाले नेताहरुको भनाइ छ ।

स्थायी कमिटीमा मोरङ जिल्लाका केही स्थानीय तहमा विवादका कारण उम्मदेवारको टुंगो लाग्न नसकेको एमालेका एक नेताले बताए ।
बिराटनगरपछि मोरङको दोस्रो ठूलो नगरपालिकाका रुपमा रहेको सुन्दर हरैंचामा एमालेले उम्मदेवार टुंगो लगाएको छैन । नेपाल पक्षले राजकुमार ओझालाई मेयरमा उठाउन चाहेको छ भने ओली पक्षबाट केदार गुरागाईको नाम अगाडि सारिपछि विवाद आएको छ ।

एमालेले बेलबारी नगरपालिकामा पनि उम्मदेवारको टुंगो लगाएको छैन । त्यस्तै मोरङ बुढीगंगा गाउँपालिकामा समेत उम्मदेवारको टुंगो लाग्न सकेको छैन्न् ।