राजपाको आन्दोलनका कार्यक्रम सार्वजनिक :चुनाव भाँड्ने

Posted on: June 11, 2017 | views: 162

काठमाडौं।सत्तारुढ दलहरुसँग भएको वार्ताबाट कुनै निष्कर्ष निस्कन नसकेपछि राष्ट्रिय जनता पार्टी, नेपाल नेतृत्वको संघीय गठवन्धन आन्दोलित भएको छ । सरकारसँगको वार्तामा राजपाले चुनावको मिति केही दिन पर सार्न माग गरेको तर, सरकारले उसको मागलाई ठाडै अस्विकार गरेपछि आन्दोलित भएको हो । आफ्ना मागहरु सुनुवाई नभएको भन्दै गठवन्धनले आन्दोलनको घोषणा गरेको छ ।

आइतबार गठवन्धनका संयोजक महन्थ ठाकुरको संयोजकत्वमा बसेको बैठकले विभिन्न आन्दालका कार्यक्रमहरु घोषणा गरेको छ । गठबन्धनले आगामी जेठ २९ गते प्रत्येक गाउँपालिका/नगरपालिकामा मसाल जुलुस निकाल्ने, ३०, ३१ तथा असारको १ र २ गते बन्दहड्तालको कार्यक्रम पनि घोषण गरेको छ ।

ठाकुरले विज्ञप्ती नै जारी गरी असार २ गते तराई/मधेसका स्थानमा स्थानीय चुनाव हुने मतदान केन्द्रमा तालाबन्दी गर्ने लगायतको कार्यक्रम पनि सार्वजनिक गरेको छ । उसले असार १० गतेबाट अनिश्चितकालिन बन्दको घोषणा गरेको छ ।