निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न सक्दैन ः केपी ओली

Posted on: June 11, 2017 | views: 59

लुतसीपुर ।

नेकपा एमालेका अध्यक्ष केपिशर्मा वलीले निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताउनु भएको छ ।

नेकपा एमाले दाङदेउखुरी जिल्ला कमिटी दाङले  तुलसीपुरमा आयोजना गरेको विशाल चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष वलीले असार १४ गते हुने निर्वाचनलाई विभिन्न वाहानामा सार्न खोजेपनि अब त्यो सम्भव नभएको बताउनु भयो । ‘निर्वाचन हुन्छ तपाईहरु ढुक्क हुनुहोस, अध्यक्ष वलीले भन्नुभयो कुनै आसंका गर्नु प्रदैन् ।’

पूर्व प्रधानमन्त्री समेत रहनु भएका वलीले स्थानीय प्रशासनलाई निपश्क्ष र स्वतन्त्र निर्वाचन बनाउन आग्रह गर्नुभयो ।  वुथ कब्जा गर्दा, मतपत्र च्यात्दा चुप लागेर बस्ने हैन वलीले स्थानीय प्रशासनलाई भन्नुभयो ।  एमाले पार्टीले धाँदली गरेर तथा गरिबीालई जाँडरक्सी ख्वाएर नभई जनताले पवित्र मनले दिएको भोटले विजयी हुन चाहेको बताउनु भयो । एमालेको उद्देश्य भनेको  राष्ट्र बचाउने भएकाले  राष्ट्र विरोधी गतिविधी गर्नेलाई पत्ता साप गर्ने बताए । 

मधेसका स्थानीय रुपमा बोलीने मैथली, भोजपुरी, अबधी, थारु, धिमाल, भाषा नबोलेर जानीनजानि हिन्दी बोल्न खोज्नेहरु नै राष्टलाई बिखण्डन गर्न खोजेको बताउनु भयो ।  एमाले मधेश विरोधी नभए पनि मधेश विरोधी भनेर भ्रम छरेको उहाँले बताउनुभयो । आफनो पालामा इतिहासमा सवैभन्दा बढी बजेट विनियोजन गरेको वलीले बताउनुभयो । 

त्यसैगरी चुनावी सभालाई सम्बोधन गर्दै  एमालेका उपाध्यक्ष युवराज ज्ञावलीले माओवादीले एमालेको बारेमा कुप्रचार गर्दै हिडेको आरोप लगाउनुभएको छ । देशभर एमालेको लहर छाएको देखेर गलत हौवा फैलाएको आरोप लगाउनुभयो । एमालेको राष्टवाद समेत उनीहरुलाई पच्न नसकेको उहाँको भनाई थियो । 

सो अवसरमा नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेल, एमाले पोलीटव्युरो सदस्य प्रकाश ज्वाला, , एमाले नेतृ द्धोय सुजिता साक्य, शान्ता चौंधरी, सांसद भागवत विश्वासी, एमाले दाङका उपाध्यक्ष हुकुम बस्नेत, तुलसीपुर उपमहानगरापलिकाका  मेयरका उम्मेदवार घनश्याम पाण्डेलगाएतले सम्बोधन गर्नु भएको थियो ।

नेकपा एमाले जिल्ला कमिटी दाङका अध्यक्ष टिकराम खड्काको अध्यक्षतमा भएको कार्यक्रमाको सहजीकरण सचिव हिराचन्द्र केसीले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन अघि दाङका विभिन्न ठाउँबाट आएका हजार्रौ नेता तथा कार्यकर्ताको ¥यालीले बजार परिक्रमा गरेको थियो ।