किन रोक्यो लेखा शाखाले सांसदको आवास सुविधा ?

Posted on: June 11, 2017 | views: 231

काठमाडौं ।

संसदको लेखा शाखाले सांसदले पाउने आवासबापतको सुविधा रकम रोक्का गरेपछि शाखा र सांसदबीच द्वन्द्व बढेको छ।

संसदको पदाधिकारी तथा सांसदले आफू बस्ने घरको वास्तविक विवरण स्पष्ट नगरेपछि लेखा शाखाले उनीहरूको आवास सुविधाबापत पाउने रकम रोक्का गरेको हो। 

संसदको पदाधिकारी र सांसद गरी १ सय १९ जनाको आवास सुवाधा रोक्कामा परेको छ ।

उनीहरूले आफ्नो घर उपत्यकाभित्र हो या बाहिर भन्ने स्पष्ट विवरण नदिएकाले लेखा शाखाले यस्तो कदम चालेको हो ।