कांग्रेसमा देउवा शशांक एकसाथ,रामचन्द्रलाई किनारा

Posted on: May 02, 2016 | views: 317

काठमाडौं,चैत ८ । कांग्रेस संसदीय दलको नेता पदमा शेरबहादुर देउवा सर्वसम्मत बन्ने सम्भावना देखिएको छ । महामन्त्री शशांक कोइरालाले रामचन्द्र पौडेललाई अगाडि नबढाउने भएपछि देउवा सर्वसम्मत बन्ने सम्भावना रहेको कांग्रेसको उच्च स्रोतको दाबी छ । उनीहरुका अनुसार रामचन्द्रलाई साइजमा राख्न र आफू अगाडि बढ्न शशांकले रणनीतिक चाल चाल्न थालेका छन् । 

उनले सभापतिमा देउवासँग मिलेर रामचन्द्रलाई किनारा लगाउन खोजेका हुन् । आजको साँघु साप्ताहिकमा खबर छ । संसदीय दलको नेतामा देउवा र पौडेल दुवैले दाबी गर्दै आएका छन् । कृष्ण सिटौला समूह र खुमबहादु समूहका केही सांसद यताउता हुनासाथ दलको नेताको पदको लागि हुने परिणाम प्रभावित हुनेछ । आगामी २२ चैतमा दलको चुनाव राखिएको छ ।